आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकी २९ वर्षीया सेलेना र ६८ वर्षीय अभिनेतासँग बिवाहा गर्ने घोषणा

एक्सप्रेस पाना
आश्विन २७, २०७८ बुधबार
  • 479
    SHARES
  • अमेरिकी २९ वर्षीया सेलेना र ६८ वर्षीय अभिनेतासँग बिवाहा गर्ने घोषणा

    एजेन्सी । अमेरिकी अभिनेत्री र गायिका २९ वर्षीय सेलेना गोमेजले ६८ वर्षीय अभिनेता, हाँस्य कलाकारका साथै लेखक  बिल मरेसँग विवाह गर्ने घोषणा गरेकी छिन्। बिल मरेका ६ जना छोराछोरी छन। सन २०१९ देखिनै उनिहरुबीचको सम्बन्ध बारे संचार माध्यममा कयौं पटक प्रमुख समाचार बनिसकेका छन।

    images

    प्रतिभाशाली सेलेना र मरे पनि ७२ औं कान फिल्म महोत्सव मा उपस्थित थिए। यो फेस्टिबलमा  उनको डेब्यू थियो। र महिला धेरै सम्मानित महसुस गर्छिन्। अभिनेत्री सेलेना  कान फिल्म महोत्सव मा बिल मरे संगै  उनको फिल्म 'द डेड डोंट डाई' को प्रचार गर्न उपस्थित थिईन।

    सेलेनाले आफ्नो सह-कलाकार बिल मरेलाई रोजेकोमा संचार माध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका थिए। महोत्सबमा बिलले सेलेनासंग कानेखुसी गरिरहेको देखिएको थियो।

    images

    सेलेनाले सामाजिक सन्जालमा कान्समा मेरो पहिलो पटक  सम्पूर्ण कलाकार संग सहभागी हुन पाएकोमा धेरै सम्मानित महसुस गरेको उल्लेख गर्दै  बिल मरेसंग आफ्नो बिहे हुन लागेको जनाएकी छिन। सेलेनाले ठट्टा मात्र गरेकी थिईन। कि  वा उनको निर्णय साँच्चै गम्भीर थियो त्यो  समयले मात्र बताउनेछ।