शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोषले गर्यो पुसमसान्तसम्म दुई खर्ब भन्दा बढी लगानी

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 268
    SHARES
  • नागरिक लगानी कोषले गर्यो पुसमसान्तसम्म दुई खर्ब भन्दा बढी लगानी

    काठमाडौं । नागरिक लगानी कोषले चालू आर्थिक बर्षको पुस मसान्तसम्म दुई खर्ब भन्दा बढी लगानी गरेको जनाएको छ।

    images

    कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्रा डा. सूर्यबहादुर थापाले चालू आर्थिक बर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरुमा २ खर्ब ६४ अर्व ७८ करोड लगानी गरेको जानकारी दिएका हुन्।

    उनले सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको बताए। 

    images

    अध्यक्ष थापाले आगामी दिनमा मुलुकको आर्थिक बृद्धिदरमा टेवा पुर्‍याउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए।

    कोषको लगानीलाई उचित व्यवस्थापनका लािग सवै निकायसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ। 

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष