मंगलबार, भाद्र २३ गते २०८३
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस नतिजा

एक्सप्रेस पाना
चैत्र ५, २०८१ मंगलबार
  • 343
    SHARES
  • क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ  बाँडफाँट,यसरी हेर्नुहोस नतिजा

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ मंगलबार (आज) बाँडफाँट भएको छ । 

    images

    फागुन २२ गतेदेखि २६ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको आईपीओ मंगलबार विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री खुलाएको थियो । जसमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए ।

    images

    आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । त्यस्तै १० हजार १२६ जनाको आवेदन रद्द भएको छ ।

    लगानीकर्ताले आईपीओको नतिजा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङको  वेबसाइट र कम्पनीको वेबसाइट​बाट पनि नतिजा हेर्न सकिने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स