काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक सदस्य पदमा बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।
कम्पनीको २५औँ साधारणसभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरू (समूह ख) को सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम शनिबार वीरगञ्जमा सम्पन्न भएका थिए । सोही कार्यक्रममा ढकाल, लामिछाने र महर्जन सो पदमा निर्वाचित भएका हुन् ।
साथै, निर्वाचन सम्पन्न भएपश्चात् शनिबारै बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीनै जना सञ्चालक सदस्यहरूले अध्यक्ष गोविन्दलाल संघईबाट शपथग्रहण गरेका थिए ।


