सोमबार, कार्तिक १७ गते २०८३
images
images

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी

एक्सप्रेस पाना
चैत्र ६, २०८१ बुधबार
  • 267
    SHARES
  • बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी

    काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन् । 

    images

    मंगलबार सम्पन्न मतदानमा मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । उनी प्यानलैसहित विजयी भएका हुन् ।

    स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् ।

    images

    यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए भने अनेरास्ववियुका एकजना सदस्य लवदेव भट्ट विजयी भएका छन्  ।

  • सम्बन्धित विषय:

  • # अनेरास्ववियु
  • # भूमिराज अधिकारी