आइतबार, कार्तिक १६ गते २०८३
images
images

इरफानको भूमिका विक्कीलाई 

एक्सप्रेस पाना
आश्विन २७, २०७८ बुधबार
  • 526
    SHARES
  • इरफानको भूमिका विक्कीलाई 

    असोज २७ काठमाडौं । सुजित सरकारले बलिउडमा निर्देशकका रुपमा आफ्नो छुटै पहिचान बनाइसकेका छन् । सुजितले विक्की डोनर, मद्रास क्याफे, पिंक, अक्टोबर, पिकु जस्ता फिल्म निर्देशन गरिसकेका छन् । नेशनल अवार्ड विजेता सुजितले यसपटक जलियावाल बागको घटनामा आधारित रहेर फिल्म निर्देशन गरेका छन् । 

    images

    उक्त घटनाको बदला लिने सरदार उद्धम सिंहको जीवनीमा आधारित रहेर उनले ‘सरदार उद्धम’ फिल्म निर्देशन गरेका छन् । सरदार उद्धम सिंहको भूमिकामा सुजितले इरफान खानलाई अफर गरेका थिए । पिकुमा काम गरेपछि इरफानको अभिनयसँग प्रभावित सुजितले उनलाई स्टोरी समेत सुनाएका थिए । यद्यपि, इरफानले यो संसार छाडेर गएपछि उनले विक्की कौशललाई भूमिका दिएका हुन्  । 

    ‘इरफान मेरो लागि बेस्ट थिए तर उनी अब छैनन्’ सुजितले भने ‘यद्यपि, विक्कीले पनि आफुलाई शसक्त रुपमै अगाडी सारेका छन् ।’ यस्तै , अभिनेता विक्की कौशलले पनि इरफानले गर्ने भूमिका गर्न पाउँदा खुशी व्यक्त गरे । ‘इरफान सरले गर्ने भूमिका त मैले गर्न सकेको छैन यद्यपि, कोशीश भने गरेको छु’ विक्कीले भने । उनले आफु इरफानले निर्वाह गर्ने भूमिकाको फ्यान रहेको बताए । 

    images

    उनको अभिनय क्षमताको तारिफ म शब्दमा गर्न सक्दिनु उनले भने ,मैले उहाँबाट धेरै सिकेको छुँ ।महात्मा गांधीले रॉलेट एक्ट विरुद्ध देशव्यापी हड़तालको आह्वान गरेका थिए । त्यसको प्रभावस्वरूप मार्च र अप्रिलको शुरुआतमा धेरै स्थानमा प्रदर्शन भए ।  त्यसैको फलस्वरूप  १३ अप्रिल १९१९ मा पन्जाबमा घटना भयो ।  जहाँ १२०० को मृत्यु भएको बताएको छ भने ३६ सय बढी घाइते भएका थिए ।  जनरल डायर नामक अंग्रेजका अफिसरले प्रदर्शन भइरहेको भिडमा गोलि चलाएपछि उक्त घटना घटेको बताइको छ ।