सोमबार, कार्तिक १७ गते २०८३
images
images

किसान वर्षभरी माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन्,यस विषयमा सोचौं :मन्त्री अधिकारी

एक्सप्रेस पाना
चैत्र ११, २०८१ सोमबार
  • 360
    SHARES
  • किसान वर्षभरी माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन्,यस विषयमा सोचौं :मन्त्री अधिकारी

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन्  ।

    images

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि नीतिका सम्बन्धमा छलफल गरेको छ ।  

    सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले किसान वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताएका हुन् । 

    images

    उनले  भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रुपमा लान मन्त्रालय गम्भीर छ ।  जमिन छैन, मलबिउ छैन, तर गरिबीमा बाचेको छ । वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन् ।  त्यसैले यस विषयमा सोचौं । मध्यम खालको जसले वर्षभरी खेती गर्छ, ऊ बाच्न सक्छ । त्यसका विषयमा पनि सोचौं । र तेस्रो कुरा व्यवसायिक किसानहरुको  फेरीफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं । नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि ।’

    साथै उनले आयातको भरले बाँच्न नसकिने बताए । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्वहरुसँग छलफल गरेको हो । 

     

  • सम्बन्धित विषय:

  • # रामनाथ अधिकारी