मंगलबार, भाद्र २३ गते २०८३
images

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा

एक्सप्रेस पाना
चैत्र १२, २०८१ मंगलबार
  • 296
    SHARES
  • ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सले निष्काशन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

    images

    कम्पनीको आईपीओमा आवेदन मध्ये १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

    आईपीओमा २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको । आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

    images

    कम्पनीले फागुन २७ देखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

    आईपीओको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट, सीडीएससीले आईपीओ हेर्न बनाएको वेबसाइट र मेरो सेयरबाट थाहा पाउन सकिने छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ