मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ४०.४७ अंकले बढ्यो सेयर बजार,४ अर्ब २० करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 509
    SHARES
  • बुधबार ४०.४७ अंकले बढ्यो सेयर बजार,४ अर्ब २० करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।  

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १८ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब २० करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ । 

    images

    बुधबार २३१ कम्पनीको सेयर मुल्य बढेको छ भने १२ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से