काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार १५ गते हुने राजावादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने योजना बनाएको छ ।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए । उनले प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए ।
उनले भने, ‘दुईवटा स्थलहरुमा प्रर्दशन हुँदैछ । जसमा तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौं । यसको लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरु नेपाल प्रहरीको तर्फबाट खटाइएको छौं । साधारणतया ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ ।’‘दुई तीन ठाउँमा मुभमेन्ट हुने भएकाले ट्राफिक जामको सम्भावना छ । त्यसको व्यवस्थापन गर्न ट्राफिक ड्राइभर्सनको व्यवस्था गरेका छौं ।’ ‘कुनैपनि अवाञ्छित घटना वा उपद्रव नहोस्, हामी सबै ठाउँमा गस्ती र पेट्रोलिङ्ग गरेर सुरक्षा सुनिश्चित गर्दैछौं ।’
विशेषगरी तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिकको व्यवस्थापन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको बताए ।
यसैगरी उनले प्रायजसो प्रदर्शनका कार्यक्रमहरु माइतीघर र भृकुटीमण्डपमा हुने भएकाले सोही अनुसारको व्यवस्थापन गरिएको उल्लेख गर्दै बाटोमा जाम नहोस् भनेर अर्को बाटोको पार्टहरु खुला राख्ने अलग्गै नीति बनाइएको बताए ।
उनले भने, ‘प्रायजसो प्रदर्शनका हिसावले हेर्ने हो भने बढी फोकस हामी माइतीघररमा गर्छौं । किनभने त्यहाँ बढी प्रदर्शन हुने गर्दछ । अलिकति भृकुटीमण्डपमा हुन्छ । ट्राफिकको पनि डाईर्भसन छ । बाटोमा जाम नहोस् भनेर सजक छौं । बाटो खुला नहुने अवस्था भयो र त्यो बाटोसम्मको कभर गर्ने अवस्था भयो भने त्यो ठाउँको ट्राफिकलाई अर्को टाउँमा डाईर्भट गर्ने गरेका छौं ।’
रात्रीकालिन समयको अलग्गै व्यवस्था
साथै उनले ठमेल दरबारमार्गतिर व्यवसायका हिसाबले बढी भीड हुने भएकाले रात्रिकालिन समयमा समेत सुरक्षा व्यवस्थापनमा ध्यान दिने गरेको बताए । उनले आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु सिभिलमा पनि परिचालन भएर त्यहाँ हुन सक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यही अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएको समेत बताए ।
उनले भने, ‘रात्रीकालिन पनि कुनै इभेन्टवेस छ भने इभेन्टलाई फोकस गरेर काम गर्छौं । २४ घण्टा नै त्यहाँको आवश्यकता अनुसार गस्ती, पेट्रोलिङको कामहरु आवश्यकता अनुसार सिभिलमा पनि परिचालन भएर त्यहाँ हुनसक्ने सम्भावित सूचनाहरु संकलन गर्ने र त्यही अनुसार प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएका छौं । ’
राजावादीहरुले भोलि १५ गते प्रदर्शन गर्ने भएका छन् । यता, चार दलको समाजवादी मोर्चाले पनि भोली नै काठमाडौंमा बृहत् जनसभाको घोषणा गरिसकेको छ ।
र
ाष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको हो ।
यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि चैत १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई आह्वान गरेका छन् ।
.jpg)


