आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

एक्सप्रेस पाना
आश्विन २८, २०७८ बिहीबार
  • 268
    SHARES
  • राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

    असोज २८ काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ ।

    images

    संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो ।

    नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए । नेपाल सरकारले कसुरदारलाई कारवाही गर्ने उनको भनाइ थियो ।

    images

    ‘नेपाल संयुक्त राष्ट्रसंघमा उच्चतम स्तरको आचरण, योग्यता र अखण्डता सुनिश्चित गर्नको लागि राष्ट्रसंघ र सदस्य राष्ट्रहरुसँग सहकार्य गर्न तयार छ,’ राईले भने, ‘अपराधीहरुलाई उनीहरुको अपराधका लागि जिम्मेवार ठहर्‍याइने छ ।’