आइतबार, कार्तिक १६ गते २०८३
images
images

रवीन्द्र मिश्र र राणालाई पाँच दिनको म्याद थप

एक्सप्रेस पाना
चैत्र १७, २०८१ आइतबार
  • 356
    SHARES
  • रवीन्द्र मिश्र र राणालाई पाँच दिनको म्याद थप

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ । 

    images

    शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका उनीहरुलाई आज जिल्ला अदालत काठमाडौंले म्याद थपेको हो ।

    उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको हो ।

    images

    प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरुलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

  • सम्बन्धित विषय:

  • # रवीन्द्र मिश्र