आइतबार, कार्तिक १६ गते २०८३
images
images

चैती छठ:बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

एक्सप्रेस पाना
चैत्र २२, २०८१ शुक्रबार
  • 331
    SHARES
  • चैती छठ:बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

    काठमाडौं । चैती छठ पर्वको आज  (शुक्रवार) बिहान  व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन भएको छ । 

    images

    व्रतालुहरुले बाग्मती, बकैया , चादी  नदि र पोखरी तथा जलासय पुगी उदाउँदो सूर्य दिएका हुन् । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन भएको हो ।गत मंगलबार देखि विधीवत रुपमा चैती छठ पर्व सुरु भएको  थियो । 

    छठ पर्वको प्रसाद छरछिमेक तथा आफन्तलाई दिने चलन छ  । छठ प्रसादमा गहुँ वा चामलको पिठोबाट ठेकुवा , मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल हुन्छ । तराई मधेसवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गर्दछन्  ।

    images

  • सम्बन्धित विषय:

  • # चैती छठ