काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार ३.४४ अंकले घटेर २६६६.६१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगे कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ६५ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ३० करोडको कारोबार भएको छ ।
मंगलबार १२१ कम्पनिको सेयर मुल्य बढेको छ भने १२३ कम्पनीको सेयर मुल्य घटेको छ ।


