मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ९.६६ अंकले बढ्यो सेयर बजार,४ अर्ब ४८ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र २७, २०८१ बुधबार
  • 384
    SHARES
  • बुधबार ९.६६ अंकले बढ्यो सेयर बजार,४ अर्ब ४८ करोडको कारोबार

    काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजार बढेको छ । 

    images

    आज बजार ९.६६ अंकले बढेर २६७६.२८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । 

    मंगलबार ५ अर्ब ३० करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ४८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १५४ कम्पनीको सेयर मुल्य बढेको छ भने ९० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि बढेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से