मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट,यसरी हेर्नुहोस नतिजा

एक्सप्रेस पाना
बैशाख ७, २०८२ आइतबार
  • 256
    SHARES
  • विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट,यसरी हेर्नुहोस नतिजा

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओको बाँडफाँट सम्पन्न भएको छ। 

    images

    कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको एफपीओको आइतबार बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो।

    कम्पनीले कुल ५१ हजार २९२ दशमलव ५० कित्ता शेयर निष्काशन गरेको थियो। १ सय रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको एफपीओमा आम लगानीकर्ताको सहभागिता देखिएको छ।

    images

    यस एफपीओका लागि १९ लाख २० हजार ९३९ जना आवेदकले कूल २ करोड २१ लाख ४३ हजार ४८० कित्ताका लागि आवेदन दिएका थिए। तर, आवेदन प्रक्रिया अपूरो र त्रुटिपूर्ण भएका कारण २ हजार ५ सय २३ जनाको आवेदन अस्वीकृत गरिएको हो।

    बाँडफाँटका आधारमा ५ हजार १ सय २९ जना भाग्यशाली लगानीकर्ताले मात्र १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यो हिसाबले अधिकांश आवेदकले कुनै पनि कित्ता पाउन सकेनन्।

    एफपीओको नतिजा हेर्नको लागि बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयर पोर्टल, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट तथा विन नेपाल लघुवित्तको आधिकारिक वेबसाइट प्रयोग गर्न सकिने छ ।

  • सम्बन्धित विषय:

  • # विन नेपाल लघुवित्त
  • # एफपीओ