मंगलबार, भाद्र २३ गते २०८३
images

ट्रेड टावर लिमिटेडको आईपीओ निष्काशन,कस-कसले दिन पाउँछन् आवेदन ?

एक्सप्रेस पाना
बैशाख ८, २०८२ सोमबार
  • 462
    SHARES
  • ट्रेड टावर लिमिटेडको आईपीओ निष्काशन,कस-कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

    images

    कम्पनीले पहिलो चरणमा नेपाल सरकारको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गरेको हो ।

    अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन्।

    images

    आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # ट्रेड टावर लिमिटेड