काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ ।
आज बजार ७.७५ अंकले घटेर २७०१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ८ अर्ब ४३ करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ७७ करोडको कारोबार भएको छ ।
सोमबार ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी एक कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन भएको छैन् ।


