बुधबार, भाद्र २४ गते २०८३
images

शिक्षकहरुका विषयमा सरकार गैरजिम्मेवार बनेकोमा संसदमा विरोध

एक्सप्रेस पाना
बैशाख १६, २०८२ मंगलबार
  • 207
    SHARES
  • शिक्षकहरुका विषयमा सरकार गैरजिम्मेवार बनेकोमा संसदमा विरोध

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले शिक्षकहरुका विषयमा सरकार गैरजिम्मेवार बनेका भन्दै विरोध जनाएको छन्  ।

    images

    मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् । 

    प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरेतापनि नराखिएको भन्दै आपत्ति जनाए ।

    images

    सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार भएको बताए । 

    उनले भने, शिक्षकहरु लामो समयदेखि सडकमा हुनुहुन्छ । यस्तो शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौं । तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौं । सरकार जनताप्रति र सदनप्रति कति गैरजिम्मेवार छ ।’

    त्यस्तै उनले चिकित्सकहरुको समस्या सरकारले समाधान गरेको छ भन्ने कुरा आएको भन्दै त्यस विषयमा रकारले सदनमा आएर जानकारी गराउन पनि माग गरे । 

  • सम्बन्धित विषय:

  • # हितराज पाण्डे