आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो:प्रवक्ता यादव

एक्सप्रेस पाना
बैशाख १७, २०८२ बुधबार
  • 252
    SHARES
  • सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो:प्रवक्ता यादव

    काठमाडौं । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् । 

    images

    उनले प्रज्ञा भवन कमलादीबाट बुधबार हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकिकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् । 

    ‘तत्कालिन अवस्थामा हामीलाई एकिकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौ । यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ । हामी यसको भत्सर्ना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरु बसेर अगाडिको छलफल  बढाउछौ ।’ उनले भने ।

    images

    उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारु मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए । 

    उनले भने, ‘राज्यले पहिचानवादीहरु, थारु, मधेशीहरु, सिमान्तकृत वर्गहरु एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भईरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरु कारण केही थिएन् ।’

  • सम्बन्धित विषय:

  • # रेशम चौधरी
  • # शरद सिंह यादव