आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन र जापानिज राजदूतबीच भेटवार्ता

एक्सप्रेस पाना
बैशाख १८, २०८२ बिहीबार
  • 287
    SHARES
  • काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन र जापानिज राजदूतबीच भेटवार्ता

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । 

    images

    बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो । भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

    कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए । 

    images

    राजदूत तोरुले, काठमाडौं र जापानका सहरहरुका बिचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे । 

  • सम्बन्धित विषय:

  • # मेयर बालेन शाह