शनिबार, भाद्र २७ गते २०८३
images

स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधी नेपाल आइपुग्यो

एक्सप्रेस पाना
बैशाख २३, २०८२ मंगलबार
  • 305
    SHARES
  • स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधी नेपाल आइपुग्यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।

    images

    समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो ।

    सम्झौताअनुसारको औाषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।

    images

    ’५ प्रकारका औषधी आएको छ,’ उनले भने,’आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइनेछ ।’
    मन्त्रालयले संघीय राजधानी काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।

    यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।
    निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

    त्यसअनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता भए पछि वितरणको प्रक्रिया शुरु भएको हो ।
    अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रदीप पौडेल
  • # हेमोफिलिया