काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार सामान्य अंकले बढेको छ ।
आज बजार १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि बढेको छ सोमबार ७ अर्ब ६३ करोडको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ७४ करोडको कारोबार भएको छ ।
मंगलबार १२० कम्पनीको सेयर मुल्य बढेको छ भने बाकी १२६ कम्पनीको सेयर मुल्य घटेको छ ।


