सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले लियो उग्र मोड

एक्सप्रेस पाना
बैशाख २३, २०८२ मंगलबार
  • 267
    SHARES
  • एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले लियो उग्र मोड

    काठमाडौं । नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाको चरणमा पुगेपछि तीव्र विवाद उत्पन्न भएको छ । 

    images

    निर्वाचन समितिले मंगलबारको लागि निर्वाचन कार्यतालिका तय गरेर सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि मतदाता नामावली सार्वजनिक भएपछि एक पक्षले समितिमाथि पक्षपात र धाँधलीको आरोप लगाउँदै विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको हो ।

    विवाद चर्किंदै जाँदा अधिवेशन स्थलमै कुर्सी हानाहानको स्थिति सिर्जना भयो । केही नेताकार्यकर्ताले निर्वाचन समितिमाथि आक्रोश व्यक्त गर्दै कुर्सी प्रहार गरेका थिए भने वर्तमान अध्यक्ष राजकिशोर यादवमाथि समेत कुर्सी प्रहार भएको आरोप लागेको छ ।

    images

    अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सोमबार राति मनोनयन दर्ता भइसकेको थियो तर अन्तिम नामावलीमा नाम थपघट भएको भन्दै असन्तुष्टि चुलिएको हो । उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव पदमा पनि प्रतिस्पर्धा हुँदैछ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।

    पार्टीभित्र महासेठ समूह र मण्डल–अरगरिया–झा समूहबीच गुटगत प्रतिस्पर्धा देखिएको छ। दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । क्रियाशील र योगदान गरेका युवाहरूलाई सदस्यताबाट बञ्चित गरिएको गुनासो एमालेभित्रै उठिरहेको छ, जसले नेतृत्व चयन प्रक्रिया र आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठाएको छ ।