आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोहन वैद्यको स्वास्थ्यमा समस्या, नर्भिकमा उपचार हुँदै

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 264
    SHARES
  • मोहन वैद्यको स्वास्थ्यमा समस्या, नर्भिकमा उपचार हुँदै

    असोज ३१ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराइएको हो ।

    images

    वैद्यलाई दम बढेको बताइएको छ । समस्या बढेपछि आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको र उनको छातीको एक्सरे लगायत जाँच गरिएको जनाइएको छ । छातीमा सामान्य दागसमेत देखिएकोले त्यसैमा केन्द्रित रहेर उपचार गरिएको जनाइएको छ ।