काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ६२.२५ अंकले बढेर २६७३.७९ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
आज बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ८ अर्ब ७४ करोडको कारोबार भएको बजारमा बुधबार १० अर्ब ५१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २२७ कम्पनकिो सेयर मुल्य बडेको छ भने १८ कम्पनीको सेर मुल्य घटेको छ । बाकी १ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


