काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ ।
आज बजार १२.६० अंकले घटेर २६६१.०८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार १० अर्ब ५१ करोडको कारोबार भएको बजारमा बिहिबार ११ अर्ब ६५ करोडको कारोबार भएको छ ।
त्यसैगरी बिहिबार ९६ कम्पनीको सेयर मुल्य बढेको छ भने बाकी १५० कम्पनीको सेयर मुल्य घटेको छ ।


