असोज ३१ काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भन्दै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशन (अपानिमा) मा नेता खनाललाई वरिष्ठ नेताबाट हटाएर सम्मानित नेताको दर्जा दिएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य सङ्ख्या विस्तार गर्दै गरिएको कार्यविभाजनमा खनाल विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् ।
.jpg)

