आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारत–पाकिस्तानबीच युद्धविराम घोषणाको स्वागत

एक्सप्रेस पाना
बैशाख २८, २०८२ आइतबार
  • 225
    SHARES
  • भारत–पाकिस्तानबीच युद्धविराम घोषणाको स्वागत

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत–पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन् । 

    images

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् ।

    उनले भने, ‘भारत पाकिस्तानबीच हालै  भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरु आउन थालेका छन् । सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस् ।  क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकत्ता हो । झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो ।’

    images

    साथै उनले आतंकको कालो बादल यो क्षेत्रबाट सधैंको लागि समाप्त हुनसक्नुपर्ने सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी