सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा,महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

एक्सप्रेस पाना
बैशाख २९, २०८२ सोमबार
  • 143
    SHARES
  • राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा,महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । 

    images

    पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा प्रथम महिला सबिता पौडेलका साथमा राष्ट्रपति बौद्ध पुगेका हुन् ।

    राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा सोमबार बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

    images

    Photo (11) (3).jpg

    बुद्धजयन्तीका अवसरमा बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ । अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्ति लिएर शोभायात्रा पनि गराइने तयारी भएको छ ।

    ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि आरम्भ गरिने जनाइएको छ ।

    1 (5).jpg

  • सम्बन्धित विषय:

  • # बौद्धनाथ