सोमबार, कार्तिक १७ गते २०८३
images
images

बारपाक फोटो प्रदर्शनी सुरु,गगन थापाले दिए शुभकामना

एक्सप्रेस पाना
जेठ १, २०८२ बिहीबार
  • 228
    SHARES
  • बारपाक फोटो प्रदर्शनी सुरु,गगन थापाले दिए शुभकामना

    काठमाडौं । ‘बारपाक फोटो प्रदर्शनी २०२५’ आजबाट काठमाडौंको नेपाल पर्यटन बोर्डमा सुरु भएको छ । 

    images

    विहीबारबाट सुरु भएको फोटो प्रदर्शनी ‘१० वर्ष गोरखा भूकम्पको’ तस्बिरहरु राखिएको छ । प्रदर्शनी मे १५, १६ र १७ गरेर तीन दिन चल्छ । प्रदर्शनी प्रकाशचन्द्र तिमिल्सेनाले लिएका तस्बिरहरु राखिएको छ । 

    Photo (11) (9).jpg

    images

    सोही क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरु भएको भन्दै फोटोहरुले पुरानो कुराहरु याद दिलाएको बताए । 

    उनले भने, ‘यस्ता खालको कार्यक्रमको आयोजना गर्नु भएकोमा पर्यटन बोर्डलाई धन्यवाद दिन चाहन्छु । बारपाक भन्ने बित्तिकै सबैलाई केही न केही कुरा याद आउँछ । यस्तै बैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरु पनि छन् । प्रदर्शनमा रहेका फोटोहरुले पूरानो कुराहरु पनि याद दिलाउँछ । लामो कथाहरुलाई एउटा फोटोबाट पनि बुझाउन सकिन्छ ।’

    Photo (4) (9).jpg 

    यसको साथै, उनले फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनालाई बधाई र शुभकामना पनि दिएका छन् । 

    Photo (6) (8).jpg

  • सम्बन्धित विषय:

  • # फोटो प्रदर्शनी
  • # बारपाक