आइतबार, कार्तिक १६ गते २०८३
images
images

‘सगरमाथा संवाद’ आजदेखि सुरु

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 231
    SHARES
  • ‘सगरमाथा संवाद’ आजदेखि सुरु

    काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ । 

    images

    ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारा सहित आजबाट सुरु भएको कार्यक्रम यही जेठ ४ गतेसम्म हुनेछ । 

    सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । 

    images

    कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछन् । चीन, भारतलगायत मुलुकका उच्च तहका व्यक्तिहरु नेपाल आइसकेका छन् । 

    संवादमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।

  • सम्बन्धित विषय:

  • # सगरमाथा संवाद