सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम स्थगित

एक्सप्रेस पाना
जेठ ६, २०८२ मंगलबार
  • 146
    SHARES
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

    images

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराएका हुन् । 

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।

    images

    प्रधानमन्त्री ओलीको सचिवालयले स्वास्थ्य समस्याका कारण सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठक समेत स्थगित भएको जानकारी दिएको थियो ।