काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
उक्त आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ । बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसनर सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ ।
बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।


