सोमबार, कार्तिक १७ गते २०८३
images
images

अर्थ मन्त्रालय प्रवेशमा कडाई

एक्सप्रेस पाना
जेठ ९, २०८२ शुक्रबार
  • 247
    SHARES
  • अर्थ मन्त्रालय प्रवेशमा कडाई

    काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । 

    images

    बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

    ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने,‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’

    images

    आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।

    यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने छन् ।

  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय