आइतबार, कार्तिक १६ गते २०८३
images
images

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर (फोटोफिचर)

एक्सप्रेस पाना
जेठ १०, २०८२ शनिबार
  • 206
    SHARES
  • ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर (फोटोफिचर)

    काठमाडौँ । कीर्तिपुर काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरी हो । संस्कृति, संग्रहालय, जात्रा, पर्व, गुठी र बाजागाजा सिकाउने ठाउँको रूपमा कीर्तिपुर परिचित छ । गोपाल वंशको पालाका अवशेष प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कीर्तिपुर सहरमा सोही समयदेखि नै बस्ती विकास भइसकेको अनुमान गरिएको छ ।

    images

    6.jpg

    5.jpg

    images

    किराँत, लिच्छवी, मल्लकालीन इतिहाससमेत कीर्तिपुरमा भेटिन्छन् । आधुनिक नेपाल एकीकरणका सन्दर्भमा गोर्खाका राजा पृथ्वीनारायण शाहले पटक पटक लडाइँ गरी तेस्रोपटक १८२२ सालमा यस सहरमाथि विजय प्राप्त गर्न गोर्खाली सेनालाई धेरै धन, जन र समय खर्चिनुपरेको इतिहास छ । परम्परादेखि चल्दै आएको गाईजात्रा, गणेशजात्रा, कुमारीजात्रा, बाघभैरवजात्रा, इन्द्रायणीजात्रा, दसैँ, तिहार यहाँको महत्वपूर्ण पर्व हुन् ।

    4.jpg

    2.jpg

  • सम्बन्धित विषय:

  • # कीर्तिपुर नगरपालिका