मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन

एक्सप्रेस पाना
जेठ ११, २०८२ आइतबार
  • 181
    SHARES
  • यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन

    काठमाडौं । यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । 

    images

    मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको सो कार्यालयले सवारी चालक अनुमति पत्र (लाईसेन्स) बाट बढी राजस्व संकलन गरेको हो ।

    यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर दासका अनुसार माघ ८ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेदेखि  मासिक औसत राजस्व संकलनमा करिब ६१ लाख रुपैयाँले वृद्धि भएको छ ।

    images

    यातायात सम्वन्धी हरेक किसिमका काम कार्यालयबाट सरल र सहज रुपमा सेवा पाउन थालेपछि राजस्व संकलन वृद्धि भएको उनले उल्लेख गरेका छन् । 

    चालु आर्थिक वर्ष २०८१।८२ को साउन १ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको उनले जानकारी दिए । 

    कार्यलय प्रमुख दासका अनुसार अनुमति पत्र पास (नयाँ) शीर्षकमा—१ करोड ७९ लाख ६५ हजार, अनुमति पत्र दर्ता (नयाँ)बाट—८३ लाख ७६ हजार, पटके शीर्षकमा—३९ लाख ९२ हजार ४०, दर्ता –थप) बाट—३३ लाख ६२ हजार, नवीकरण शीर्षकमा—२७ लाख १६ हजार, त्यसैगरी अन्य विविध शुल्क तथा अन्य शीर्षकहरूबाट पनि उल्लेखनीय राजस्व आम्दानी भएको हो ।

    अहिले यातायात सम्वन्धी हरेक किसिमका काम कलैया कार्यालयबाट हुने भएपछि कम खर्चमा सहज तरिकाले सेवा पाउन थालेपछि सेवाग्राही खुसी भएका हुन् । 

    विशेष गरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो ।

    कलैयामा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानीयहरु बताउँछन् ।  मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजस्व