काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार विहान ९ बजे निवास बुढानिलकण्ठमा बस्नेगरि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीको क्रियाशिल सदस्यताको विवाद र भातृसंगठन विवाद बारे छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा सरकारले जेठ १५ गते ल्याउन लागेको बजेट बारे पनि छलफल हुने बताइएको छ ।
.jpg)


