कात्तिक १ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटेका छन् ।
आइतबार स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई सोमबार अध्यक्ष प्रचण्डले अस्पतालमा पुगेर स्वास्थ्यअवस्थाको जानकारी लिएका हुन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार उनको स्वास्थ्य अवस्थाबारे प्रचण्डले सोमबार अस्पतालमै पुगेर जानकारी लिएका हुन् । लामो समयदेखि दमबाट पीडित वैद्यको आइतबार छातीको एक्सरे गरिएको थियो ।
.jpg)


