आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन,संलग्नहरूमाथि कारवाही हुन्छ

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 173
    SHARES
  • कांग्रेस भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन,संलग्नहरूमाथि कारवाही हुन्छ

    काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषी नभएको निष्कर्ष निकालेको छ ।

    images

    सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा छानबिनको दायरामा नै नरहेको अवस्थामा बाहिरबाट दोषी करार गर्न खोजिएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका हुन् ।

    उनले भने,"जहाँ सम्म गृहमन्त्रि जीको कुरा छ,उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाहि हुन्छ ।"

    images

    प्रवक्ता महतले मन्त्री लेखकलाई यस प्रकरणमा नियोजित रूपमा मुछ्ने प्रयास भएको र यसबारे अफवाह फैलाइएको समेत बताए ।

    उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए ।

    ‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन । उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ । यहाँ त न कुनै आरोप छ, न आधार छ । आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भने ।

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक