सोमबार, कार्तिक १७ गते २०८३
images
images

गृहमन्त्रि रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निर्णय

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 178
    SHARES
  • गृहमन्त्रि रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका गृहमन्त्रि रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।

    images

    सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन शुरु भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निष्कर्ष रहेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका हुन् । उनले चौतर्फी आवाज आइरहेको अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।  

    उनले भने,"अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका छन्, चौतर्फी आवाज आइरहेको छ, यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,  हाम्रो पार्टीको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।"

    images

    सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ र जति ढिला भयो उती राज्यको साख गिर्ने बताए ।

    यता कांग्रेसले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै राजिनामा दिनुनपर्ने बताएको छ । 

  • सम्बन्धित विषय:

  • # गृहमन्त्रि रमेश लेखक