सोमबार, कार्तिक १७ गते २०८३
images
images

न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ:निकिता पौडेल

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 296
    SHARES
  • न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ:निकिता पौडेल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफूले सर्वोच्च अदालतबाट पनि न्याय नपाएको गुनासो गरेकी छन्। 

    images

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले सर्वोच्च अदालतले आफुलाई न्याय नदिएको उल्लेख गर्दै अब, न्याय माग्न म कहाँ जाऊँ रु भन्दै प्रश्न गरेकी हुन्  ।

    उनले गणतान्त्रिक राज्यमा समेत ‘न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको’ टिप्पणी गरेकी छन् ।

    images

    निकिताले लेखेकी छिन,"जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन थियो। बहस सकिएपछि आदेश कुर्दा कुर्दा ७ घण्टा बित्यो। प्रवक्ता ‘एकैछिन’ भन्दै कार्यकक्षबाट निस्किए, फर्किएनन्। पछि थाहा भयो—आदेश बाहिर अनलाइनमा छापिइसकेको रहेछ। म निवेदक हुँ, तर आदेश मभन्दा पहिला पत्रकारले थाहा पाउँछन्।"

    उनले अदालत प्रशासनप्रति आक्रोश व्यक्त गर्दै "न अदालतले न्याय दियो, न मानवीय व्यवहार नै देखायो’ भनेकी छन्। निकिताले शुक्रबारको दिन आफ्ना लागि जिन्दगीकै कठिन र पीडादायी बनेको उल्लेख गरेकी छन्। रातभर अनिन्द्रामा बितेको बताउँदै उनले लेखेकी छन्, ‘शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई।।। जिन्दगीकै अत्यन्तै कठिन दिन। भोलिपल्ट भैरहवा जानु थियो, म जिउँदो लास भएर हिँडेछु।"

    पौडेलले अब आफूले कसरी मनको डर मेटाउने, कसलाई गुहार्ने रु भन्ने प्रश्न गरिरहेकी छन्। "गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि, मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ,"उनले लेखेकी छन्।

  • सम्बन्धित विषय:

  • # निकिता पौडेल