सोमबार, कार्तिक १७ गते २०८३
images
images

लाखौं जनता सडकमा आए भने एक दिनमै गणतन्त्र समाप्त हुन्छ:अध्यक्ष लिङ्देन

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 465
    SHARES
  • लाखौं जनता सडकमा आए भने एक दिनमै गणतन्त्र समाप्त हुन्छ:अध्यक्ष लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउने गरेको बताएका छन ।

    images

    सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताएका हुन् ।

    उनले देश बिग्रियो भने युवाको भविष्य विग्रने दाबी गरे । उनले देशका तीन ठूला दलका नेताहरुका कारण देश विग्रिएकाले युवाहरुको भविष्य अन्योलमा परेको बताए ।

    images

    उनले तीन करोड जनसंख्या भएको देशमा ६० लाख भन्दा बढी विदेशमा छन् भने देशको अवस्था  कस्तो होला भन्दै प्रश्न गरे । उनले  शान्तिपुर्वक ढंगले लाखौं जनता सडकमा आयौँ भने एकै दिनमा गणतन्त्र समाप्त हुने  बताएका थिए ।  

    त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भरपर्ने बताए ।
    उनले भ्रष्टचारीका विरुद्द एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको सविंधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे । 

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्गदेन