आइतबार, कार्तिक १६ गते २०८३
images
images

केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 321
    SHARES
  • केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

    एजेन्सी । भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् ।  बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् । 

    images

    बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पु¥याउन हेलिकप्टर परिचालन गरिएको छ । कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ । 

    सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा  चार सय जनाको मृत्यु भएको थियो । 
     

    images