मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सेयर बजारमा झिनो अंकको सुधार

एक्सप्रेस पाना
जेठ १३, २०८२ मंगलबार
  • 394
    SHARES
  • मंगलबार सेयर बजारमा झिनो अंकको सुधार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ०.८५ अंकले बढेर २६७५.६५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ७ अर्ब ५८ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ५२ करोडको कारोबार भएको छ ।

    images

    त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १६६ कम्पनीको सेयर मुल्य घटेको छ । 

    आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार