काठमाडौं । ट्रेड टावर लिमिटेडले बुधबारबाट प्राथमिक साधारण शेयर(आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
शेयरका लागि बुधबारदेखी जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्मका लागि लम्बिनेछ ।
बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।


