मंगलबार, भाद्र २३ गते २०८३
images

संविधान कसैको दया मायाले प्राप्त भएको होइन:मन्त्री सिंह

एक्सप्रेस पाना
जेठ १४, २०८२ बुधबार
  • 255
    SHARES
  • संविधान कसैको दया मायाले प्राप्त भएको होइन:मन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशि संविधान दया मायाले प्राप्त नभएको बताएका छन् । 

    images

    बुधबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आन्दोलनका योद्धा र्तीथराम डंगोलको स्मरणमा लोकतान्त्रिक आन्दोलनः तीर्थराम डंगोल विषयक अन्तरक्रिया कार्यक्रममा उनले आम नेपाली जनताको चाहाना अनुसार वर्तमान व्यवस्था आएको भन्दै यो व्यवस्था कसैले दया माया गरेर नदिएको बताएका हुन् । 

    उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशि जुन संविधान छ, कसैले दया माया गरेर दिएको होइन । यो १७ सालको अवधिमा जुन अधिकार छिनिसकेपछि ती अधिकार प्राप्तिका लागि आम नेपाली जनताको चाहाना अनुसार यो व्यवस्था आएको कुरालाई यसलाई कसैले मिनिमाइज गर्न खोज्यो भने त्यसको परिणाम जनताले नै दिने छ । यो अधिकार प्राप्तीका लागि कत्तिको संघर्ष गर्यौ कत्तिको त्याग गरेका छौँ भन्ने कुरा नेपाली जनताले दिएको त्यागलाई बिर्सिन नहुने हो ।’

    images

    यस्तै, उनले बोल्दा एकदमै ठुलो ठुलो क्रान्तिकारीका कुरा गर्ने व्यक्तिहरु पनि जनताको अधिकारको लडाइमा पछि हट्ने गरेको बताए । 

    उनले भने, ‘आज यहाँ बोल्दा एकदमै ठुलो ठुलो क्रान्तिकारी कुरा गर्छौ । तर जनताका अधिकार पुर्नवहाली गर्नका लागि आन्दोलनमा सक्रिय हुने भनेको त औैैैंलामै गन्न सक्ने नै हुन्थे ।’ 

    यसैगरी उनले राजतन्त्रले मौका आउने वित्तिकै जनतालाई दुःख दिने मात्र भएको भन्दै संघीय लोकतन्त्रनै जनताको लागि हित हुने हुनाले यसैलाई अगाडी बढाउनुपर्ने बताए । 

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह