काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबार राति १२ बजेपछिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको छ ।
मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४३ भएको निगमले जनाएको छ ।
हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
.jpg)


