आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेले कात्तिक ६ गते देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 234
    SHARES
  • एमालेले कात्तिक ६ गते देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने

    कात्तिक १ काठमाडौं । नेकपा एमालेले कात्तिक ६ गते देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । देशभरका ६ हजार ७ सय ४५ वडामा एमालेले एकसाथ नयाँ नेतृत्व चयन गर्न लागेको हो । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन गर्ने तयारी एमालेको छ ।

    images

    वडा अधिवेशन उद्घाटन गर्न एमाले भर्चुअल विधि अपनाउँदै छ । बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

    एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हो । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाटै हुनेछन् । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन् । कमिटी गठन गर्दा कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

    images

    अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रले मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।