सोमबार, कार्तिक १७ गते २०८३
images
images

दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

एक्सप्रेस पाना
जेठ १९, २०८२ सोमबार
  • 189
    SHARES
  • दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

    काठमाडौं । आन्दोलनरत राजावादीहरूले सोमबार(आज)को आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् । 

    images

    जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् । 

    संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् ।
    २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो ।

    images

    सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । आज  साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।